Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १२ : ५४ मा प्रकाशित

नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने जनाइएको हो ।

अघिल्लो आर्थिक वर्ष (सन् २०२४) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकको सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा आर्थिक वृद्धिदरको मुख्य आधारका रुपमा उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनलाई उल्लेख गरेको छ । 

विश्व बैंकले आज सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर लयमा फर्कने उल्लेख छ ।

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष सन् २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान छ । केन्द्रिय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहनेछ ।

यद्यपि प्रतिवेदनले बहु जोखिमहरू पनि पहिचान गरेको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अ निरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता लगायतका कारण देखिएका छन् । र, व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको