Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १७ : १८ मा प्रकाशित

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने  भएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । 

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी बुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन् । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन  अमेरिकी डलर प्राप्त भएको थियो । 

सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको