Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १४ : ०६ मा प्रकाशित

नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैंकले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताए। उनले अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिँचाइ क्षेत्रको विकास आवश्यक रहेकाले उक्त क्षेत्रमा समेत विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे । विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै उक्त लक्ष्य हासिल गर्न विश्व बैंकको सहयोग आवश्यक हुने बताए । उनले विश्व बैंकको सहयोगमा बन्न लागेको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त गरे ।

भेटमा विश्व बैंकका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा वल्र्ड बैंकको सधैँ साथ र सहयोग रहने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको