Like us!
Follow us!
Connect us!
Watch us!

१६ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने धितोपत्र बोर्डको निर्णय (नामावलीसहित)

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १५ : ०३ मा प्रकाशित

१६ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने धितोपत्र बोर्डको निर्णय (नामावलीसहित)

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशयपत्र दिइएको जानकारी दिएका हुन् । 

सोमबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये १६ कम्पनीलाई आशयपत्र दिएको उनले बताएका हुन्। 

अहिले बजारमा ५० वटा कम्पनीले कारोबार गरिहेका छन् । १६ वटा ब्रोकर कम्पनीले आशयपत्र पाएसँगै ६६ कम्पनीले कारोबार गर्ने भएका छन् ।

आज आशयपत्र पाउने कम्पनीहरु निम्न छन् :

१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी _स्टक डिलर)
२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको