Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले लिड गर्दा एनआईसी र ग्लोबल पछिपछि, हेर्नुस् कुन सूचकमा को अब्बल ?

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, १८ : २३ मा प्रकाशित

नबिल बैंकले लिड गर्दा एनआईसी र ग्लोबल पछिपछि, हेर्नुस् कुन सूचकमा को अब्बल ?

वैशाख लागेसँगै सूचिकृत कम्पनीहरूको तेश्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक भइसकेको छ । सबै वाणिज्य बैंकहरूले पनि चालु आर्थिक वर्ष २०७९/८०  को तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेका छन् । 

लगानीकर्ताहरूले रूचाउने तथा ठूला वाणिज्य बैंक भनेर चिनिने ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडले पनि वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । आज हामीले यी ३ वटा बैंकको वित्तीय विवरणलाई तुलनात्मक ढङ्गले हेर्ने प्रयास गरेका छौँ ।

खुद नाफाको आधारमा

खुद नाफाको आधारमा हेर्दा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको खुद नाफा ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रूपैयाँ,  ग्लोबल आइएमई बैंक लिमिटेडको खुद नाफा ४ अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफा  ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ रहेको छ । नाफाको हिसाबले हेर्दा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । 

चुक्ता पूँजीको आधारमा

चुक्ता पूँजीको आधारमा तुलना गर्दा ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६०  हजार रुपैयाँ, नबिल बैंक लिमिटेडको चुक्ता पुँजी २७ अर्ब ५  करोड ६९ लाख ९७ हजार रुपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ । यसरी हेर्दा चुक्ता पूँजीमा  ग्लोबल आइएमई बैंक अब्बल रहेको छ । 

वितरणयोग्य नाफाको आधारमा

एनआईसी एशिया बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख ६३ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख ७३ हजार रुपैयाँ र नबिल बैंक लिमिटेडको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख ९५ हजार रुपैयाँ रहेको छ । यो सूचकमा भने एनआईसी एशिया बैंक बलियो देखिएको छ ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा हेर्दा नबिल बैंक लिमिटेडको जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख ९७ हजार रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडको जगेडा कोषमा १४ अर्ब १९ करोड ३१ लाख ६४ हजार रूपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेडको जगेडा कोषमा १९ अर्ब ६ करोड ५५  लाख ७ हजार रुपैयाँ सञ्चित रहेको छ । यो तथ्याङ्कले ३ वटा बैंकमध्ये नबिल बैंकको जगेडा कोष धेरै रहेको देखाउँछ ।

सञ्चालन नाफा

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको सञ्चालन मुनाफा ७ अर्ब ४८ करोड ६६ लाख ५३  हजार रूपैयाँ, ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालन मुनाफा  ६ अर्ब ६ करोड ६० लाख ६७ हजार रूपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालन मुनाफा ५ अर्ब ७८ करोड ३१ लाख १० हजार रूपैयाँ रहेको छ । यो सूचकमा पनि नबिल बैंक लिमिटेड नै अब्बल छ । 

खुद व्याज आम्दानी

नबिल बैंक लिमिटेडको खुद व्याज आम्दानी १२ अर्ब १० करोड ११ लाख ५८ हजार रूपैयाँ, ग्लोबल आइएमई बैंक लिमिटेडको खुद व्याज आम्दानी ११ अर्ब ७९ करोड २१ लाख ५४ हजार रूपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडको खुद व्याज आम्दानी ९ अर्ब २१ करोड ७० लाख ३३ हजार रूपैयाँ रहेको छ । यस सूचकमा पनि नबिल बैंक अन्य २ बैंकभन्दा बलियो छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)४६ रुपैयाँ ७६ पैसा, ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रूपैयाँ २५ पैसा र नबिल बैंक लिमिटेडको प्रतिसेयर आम्दानी (ईपीएस)२५ रुपैयाँ २१ पैसा रहेको छ । ईपीएसमा  एनआईसी एशिया बैंक अगाडि छ ।

प्रतिसेयर नेटवर्थ

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा, नबिल बैंक लिमिटेडको प्रतिसेयर नेटवर्थ २०१ रूपैयाँ ७ पैसा  र एनआईसी एशिया बैंकको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ । एनआईसी एशिया बैंकको नेटवर्थ अन्य २ बैंकको भन्दा धेरै छ ।

हामीले माथि तुलना गरेकाे ८ वटा सूचकहरूमध्ये, नबिल बैंक ४ वटा सूचकमा अन्य २ बैंक भन्दा अब्बल देखिएकाे छ । एनआईसी एशिया बैंक ३ वटा सूचकमा सबैभन्दा अगाडि छ । यता ग्लोबल आइएमई बैंक भने चुक्ता पूँजीकाे आधारमा सबैभन्दा अब्बल छ ।

तालिका पनि हेर्नुहोस् :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको