Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको तेस्रो त्रैमास : विद्युत् बिक्री आम्दानी घट्दा, बिमाको साथ

अर्थ संसार

शुक्रबार, २२ बैशाख २०८०, ०९ : १५ मा प्रकाशित

घलेम्दी हाइड्रोको तेस्रो त्रैमास : विद्युत् बिक्री आम्दानी घट्दा, बिमाको साथ

घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी घाटामा रहेको देखिन्छ। 

खुद घाटा 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार समिक्षा अवधिसम्ममा कम्पनी  १  करोड ५५ लाख रुपैयाँ घाटामा रहेकाे छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी १ करोड ६ लाख रुपैयाँ घाटामा रहेकाे थियो । 

विद्युत् बिक्री आम्दानी

कम्पनीको विद्युत् बिक्री आम्दानीमा धक्का लागेको छ। यस समिक्षा अवधिसम्ममा बिक्री आम्दानीबाट कम्पनीले  २ करोड २४ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् उत्पादन मार्फत ३ करोड १० लाख ५९ हजार आर्जन गरेको थियो ।

विद्युत् बिक्री आम्दानी घट्नुमा प्रोजेक्टमा समस्या आएको देखिन्छ। कम्पनीले बिमा दाबी गर्दा ९५ लाख ६६ हजार आर्जन गरेको देखिन्छ। 

चुक्ता पूँजी

हाल कम्पनीकाे चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ ।

जगेडा काेष

कम्पनीको जगेडा कोष ११ करोड ११ लाख रुपैयाँले ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ । 

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ७९ पैसा रहेकाे छ ।

तरलता अनुपात 
०.६७ 

प्रति सेयर कुल सम्पत्ति मूल्य
२६८.४६ 
 
मुल्य आम्दानी अनुपात 

९४.६१ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको