Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो ब्रोकरको सेवाबाट हैरान हुनुहुन्छ ? ब्रोकर परिवर्तन गर्ने यस्ताे छ सजिलो तरिका

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, ०८ : १३ मा प्रकाशित

यदि एउटा ब्रोकरमा केवाइसी छ, उक्त ब्रोकरबाट कारोबार गर्न नचाहेको अवस्थामा परिवर्तन गर्न त्यसका लागि गर्नुपर्ने पक्रियाका बारेमा डाइनामिक मनि म्यानेजर सेक्युरिटिज प्राइभेट लिमिटेडका निर्देशक नारायण प्रसाद तिमल्सिनासँगको कुराकानी तल प्रस्तुत गरिएकाे छ :

कसरी परिवर्तन गर्ने केवाइसी ? यसको तरिका के हुन्छ ?

केवाइसी एउटा ब्रोकरबाट अर्काे ब्रोकर कहाँ परिवर्तन गर्नु परेको अवस्थामा जुन ब्रोकरका आफ्नो केवाइसी छ त्यहाँ निवेदन दिने, निवेदन दिएको २४ घण्टाभित्र उक्त केवाइसी क्यान्सिल हुन्छ । जुन नेप्सेले क्यान्सील गर्छ । र, पुनः जुन ब्रोकर कहाँ जहाँ आफुले खोल्ने हो, उक्त ब्रोकरमा केवाइसी फर्म भरेर फेरी ब्रोकर कम्पनीले नेप्सेलाई पठाएको भोलीपल्ट केवाइसी फर्म खुल्छ । वा केवाइसी र डिम्याट दुईओटा खोल्न पाईन्छ । केवाइसी जहाँ छ त्यसलाई त्यहि राखेर छुट्टै केवाइसी डिम्याट अर्काे ब्रोकरमा खोल्न सकिन्छ । तर, त्यसमा डिम्याट नम्बर फरक हुनुपर्छ । बैंक अकाउन्ट एउटै भएर फरक पर्दैन डिम्याट नम्बर फरक हुनुपर्छ । 

एउटा ब्रोकरमा लगानी कर्ताले कारेबार खाता खोलेको छ । त्यसपछि त्यो ब्रोकरमा पैसा भुक्तानी गर्न बाँकी छ, तर, ब्रोकरले विश्वासको आधारमा लगानीकर्ताको खातामा सेयर पठाइदियो । अब जुन ब्रोकरमा अहिले कारोबार गरिरहेको छ त्यहाँ त्यो ब्रोकरलाई थाहा नै नदिइकन जुन सेयर आउँछ डिम्याट खातामा त्यहि डिम्याट प्रयोग गरेर अर्काे कुनै ब्रोकरमा पुनःकारोबार खाता खोलेर कारोबार गर्न मिल्छ ? के हुन्छ ? 

त्यो मिल्दैन, उसले जुन ब्रोकरबाट क्यान्सील गर्नुपर्याे उसले उक्त ब्रोकरको डिम्याट नम्बर त राखिराखेको छ, जसले हामीलाई भुक्तानी गर्न बाँकी छ, उक्त ब्रोकरले केवाइसी क्यान्सील गर्न मिल्दैन् । जुन एउटा ब्रोकर फेरी अन्यत्र गएर त्यहि डिम्याट जुन सेयर भएको डिम्याट हो । त्यो नै राखेमा मान्यता हुँदैन् । जसले केवाइसी खोलेको छ उसले केवाइसी क्यान्सिल गर्नका लागि स्वीकृत दिएपछि अन्यत्र खोल्न पाउँछ । उसले पैसा तिर्न बाँकी छ भने पैसा तिरेर जान पर्छ । पैसा नतिरेको खण्डमा सोही ब्रोकरमा सेटल गर्नुपर्छ । 

म्यापिङ भनेको के हो ? एउटै डिम्याट दुईओटा ब्रोकरहरु म्यापिङ गर्न मिल्छ? 

सेयर खरिद गरिसकेपछि दुईओटा ब्रोकरकहाँ सेयर खरिद गरिन्छ, डिम्यट एउटैमा जाँदैन् । म्यापिङ गर्नुपर्ने हुन्छ । त्यसकारणले डिम्याट चाहि छुट्टै, केवाइसी छुट्टै र अर्काे डिम्याटको ब्रोकर कहाँ छुट्टै, अथवा केवाइसी छुट्टै यसरी दुईतरिकाबाट समानरुपमा त्यो कारोबार गर्न सकिन्छ । जब केवाइसी परिवर्तन हुन्छ, केवाइसीलाई क्यान्सील गरिन्छ । त्यसपछि जुन ठाउँमा आफुले केवाइसी खोल्न गइराखेका छौँ । त्यो ठाउँमा त्यहि ब्रोकरको डिम्याट हेर्ने मान्छेले म्यापिङ परिवर्तन गरिदिन्छन् । त्यहि डिम्याटबाट सेयर जाने बनाइदिन्छ । 

आफ्नो ब्रोकरको सेवाबाट हैरान हुनुहुन्छ ? यस्तो छ ब्रोकर सार्ने सजिलो तरिका ! Mapping भन्या के हो?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको