Like us!
Follow us!
Connect us!
Watch us!

सर्ट सेलिङ सेयर बजारमा आए लगानीकर्ताहरुले कसरी लिन सक्नेछन् फाइदा?

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, ०७ : ३२ मा प्रकाशित

पछिल्लो समय सर्ट सेलिङको बारेमा निकै चर्चा परिचर्चा हुने गरेको छ । हुनत अन्तराष्ट्रिय बजारमा सर्ट सेलिङ धेरै पहिलेदेखि नै प्रयोगमा छ । तर नेपालको बजारमा भने सर्ट सेलिङ हालसम्म प्रयोगमा आईसकेको छैन् । नेपालमा लङ्ग पोजिसन मात्र लिन मिल्छ । त्यो भनेको यदि नेपालको बजारमा ट्रेड गरेर पैसा वा नाफा कमाउने हो भने ट्रेडरले सस्तो मूल्यमा तल्लो मुल्यमा सेयर किन्ने किनिसकेपछि माथि पुगेर बेच्ने । त्यो बीचको जुन फरक हुन्छ, त्यसरी नै त्यो माध्यमबाट मात्रै नाफा कमाउन सकिने अहिलेको मेकानिजम हो ।

तर, यदि कुनै कम्पनीको मुल्य अब घट्नसक्छ । यो कम्पनीमा चाहि सेलिङ्ग प्रेसर आइरहेको छ, अझै यो कम्पनीको सेयर मुल्य तल जानसक्छ भन्ने कुनै ट्रेडरलाई लाग्यो भने उसले त्यो कम्पनीको सेयर माथिल्लो मुल्यमा बेचेर फेरी तल आईसकेपछि किनेर सेटलमेन्ट गर्नसक्छ । र, त्यसरीपनि सेयरबजारबाट नाफा कमाउन सकिन्छ । के हो सर्ट सेलिङ यसको प्रक्रिया कस्तो हुन्छ ? भन्ने धेरैको जिज्ञासा रहेको छ । त्यसपछि सर्ट सेलिङ भविष्यमा, अहिलेको अवस्थामा त नेपालमा नेपाल स्टक एक्सचेन्ज मात्र छ । धितोपत्र बोर्डले अर्काे एउटा नेपाल स्टक एक्सचेन्जको लागि आवेदन खुलाएको छ । त्यसको लागि आवेदन पनि परेका छन् । अर्काे  कुनै नयाँ स्टक एक्सचेन्ज पनि आउनेछ । नयाँ स्टक एकसचेन्ज आईसकेपछि त्यो नयाँ स्टकले सर्ट सेलिङलाई प्रयोगमा ल्याउला । भन्ने अपेक्षा धेरै जनाको छ । 

उक्त अवस्थामा सर्ट सेलिङले बजारलाई फाईदा पुर्याउँछ कि नोक्सान पुर्याउँछ ? सर्ट सेलिङले कत्तिको फाईदा पुर्याउँछ लगानीकर्तालाई भन्ने विषयमा डाइनामिक मनि म्यानेजर सेक्युरिटिज प्राइभेट लिमिटेडका निर्देशक ब्रोकर नम्बर ४४ का नारायण प्रसाद तिमल्सिनासँगको संवाद तल प्रस्तुत गरिएकाे छ : 

सर्ट सेलिङ के हो ? 

सर्ट सेल भनेको ब्रोकर लगानीबर्ताले ब्रोकर कम्पनीसँग समय सिमा तोकिएर सम्झौता गरेर ब्रोकर कम्पनीसँग सापटी सेयर लिएर निश्चित समयभित्र सेटलमेनट गर्ने गरि सेयर सापटी लिएर बिक्री गरिन्छ भने त्यसलाई नै सर्ट सेलिङ भनिन्छ । 

कसरी गरिन्छ सर्ट सेलिङ ? यसको प्रक्रिया के हुन्छ ? 

लगानीकर्ताले सेयर ब्रोकर कम्पनीमा गएर सम्झौता गर्नुपर्छ । र सम्झौता गरिसकेपछि कम्पनीसँग सापटी सेयर लिगेर उसले श्चित समय भित्र उसको ब्याज र मार्जिन तिर्ने गरि उक्त सम्झौता अनुसार उसले सेयर बिक्री गर्छ । बिक्री गरिसकेपछि त्यो समय सिमा भित्र अथवा ५ दिन–७दिन जतिपनि हुनसक्छ त्ये समयसिमा भित्र उसले सेटलमेन्ट गरिसक्नु पर्छ । र, यदि माथि भाउ गयो भने उसले त्यो बढी मार्जिन पाउँछ । यदि तल गयो भने उसले त्यसको हर्जना घाटा रकम छ, त्यो चाहि उसले क्षतिपुर्ती तिर्नुपर्छ । त्यसलाई नै सर्ट सेलिङ भनिन्छ । 

सर्ट सेलिङबाट लगानीकर्ताहरुले कसरी फाईदा लिन सकिन्छ ?

सर्ट सेल गर्दा बिक्री गरेको मुल्यभन्दा माथि यदि मुल्य बढ्यो भने त्यो अवस्थामा मार्जिन चाहि ब्रोकर कम्पनीलाई तिर्नुपर्छ । यदि खरिदगरेको मुल्यभन्दा कम तल गएमा त्यो तल गएको मुल्यमा सेयर खरिद गरेर सोधभर्ना दिन सकिन्छ । त्यो कारणले गर्दा लगानीकर्तालाई यदि बजार घटेको अवस्थामा, अब बजार घट्छ भन्ने लगानीकर्तालाई लाग्यो भने उसले सर्च गर्छ त्यो अवस्थामा के हुन्छ भन्दा उसले तलबाट सेयर उठाएर क्षतिपुर्ती दिनसक्छ । त्यो अवस्थामा उसलाई नाफा भयो । 

यदि बिक्री गरेको मुल्य भन्दा मार्जिनको रेटमा गाये भने त्यो बेला ब्याज स्टक डिलर कम्पनी अर्थात ब्रोकर कम्पनी जहाँबाट उसले सु्विधा लिएको छ उसलाई क्षतिपुर्ति दिनुपर्छ । यो अवस्थामा लगानीकर्ता चनाखो भएर घट्दो बजारमा यो भन्दा तल जानसक्छ भन्ने विषय लगानीकर्तालाई लाग्यो भने त्यो अवस्थामा सरसहि गर्न सकिन्छ । अझै घटछ भने त २,४ दिन पछि १००–५० कममा सेयर खरिद गरेर हामी क्षतिपुर्ती दिन सक्छौँ । यदि बढ्यो भने त्यो अवस्थामा अब बजार बढ्न लाग्यो छिटै सेटलमेन्ट गर्ने तिर लाग्नुपर्याे । अब १० प्रतिशतको दरले बढ्न गएमा दुईदिन भित्र त्यो सेटलमेन्ट गरेर उसलाई दिनुपर्ने पैसा दिएर सेटलमेन्ट गर्नुपर्याे । यदि घट्छ भन्यो भने हामीले कतिदिन घट्छ त्यो त्यो समयसिमा भित्र कुरेर हामीले सेयर खरिद गरेर उसलाई क्षतिपुर्ति दिसक्छौ । त्यसले गर्दा लगानीकर्तालाई यो अर्थमा फाईदा छ । 

सर्ट सेलिङले समग्र बजारलाई कत्तिको फाईदा पुर्याउँछ ?

सर्ट सेलिङको व्यवस्था हामीले गर्न सक्याैँ भने समग्र बजारमा अहिले कारोबार भएको बजार भन्दा डबल कारोबार हुनसक्छ । कसरी भने, लगानीकर्तासँग सेयर खरिद गर्नका लागि सबै रकमहरु आवश्यकता परेन । ब्रोकर कम्पनी अर्थात स्टक डिलरसँग सम्झौता गरेर १० वा २० प्रतिशत मात्र बजार कति घट्दछ । कति बढ्नसक्छ । त्यो अनुपात हेरेर हामीले त्यो रकममात्र जम्मा गरेर ब्रोकर कम्पनी अर्थात स्टक डिलरसँग मार्जिनमा सम्झौता गरियो भने हामीले त्यो २० प्रतिशतले १०० प्रतिशत सेयर किन्न पाइयो । त्यो अवस्थामा धेरै मानीसहरुले सर्ट सेलिङमा जान सक्ने सम्भावना हुन्छ । अब घाटापनि किन हुँदैन भने आफुले खरिद गरेको सेयर धेरैदिन राखेर नाफा कमाउन पर्ने हुन्छ भने सर्ट सेलमा २-३ दिनमा घाटा लाग्ने बित्तिकै मान्छेले बेचिहाल्छन् । बेचिसकेपछि धेरे नोक्सानमा जाँदैन् । यो अर्थले बजारलाई पनि फाईदा र लगानीकर्तालाई पनि फाईदा हुन्छ । 

भिडियो हेर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको