Like us!
Follow us!
Connect us!
Watch us!

साप्ताहिक सेयर समिक्षा : २८ अर्बले घट्याे लगानीकर्ताकाे सम्पत्ति

अर्थ संसार

शनिबार, २३ बैशाख २०८०, ०८ : ५० मा प्रकाशित

साप्ताहिक सेयर समिक्षा : २८ अर्बले घट्याे लगानीकर्ताकाे सम्पत्ति

यो साता सेयर बजार समग्रमा घटेर बन्द भएकाे छ । यस साता जम्मा ४ दिन दाेश्राे बजार खुलेकाे थियाे । जसमध्ये ३ काराेबार दिन नेप्सेले ओरालो यात्रा तय गरेकाे थियाे बाँकी एक दिन मात्रै नेप्से परिसूचक उकालाे लागेकाे थियाे ।

नेप्से परिसूचक 

यस साता सेयर काराेबार मापक नेप्से परिसूचक २० दशमलव ०२ अंकले घटेर १८ सय ६९ दशमलव ७३ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.०६ प्रतिशतले घटेकाे हाे । 

यस साता काराेबार भएकाे ४ दिनमध्ये, आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेको थियाे । मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेको थियाे । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव १८ अंकले घटेकाे थियाे । र अन्तिम दिन बिहीबार भने नेप्से परिसूचक १२.७३ अंकले बढेर १८ सय ६९ दशमलव ७३ विन्दुमा पुगेकाे हाे ।

काराेबार रकम

नेप्से परिसूचकसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ८१ करोडको सेयर कारोबार भएकोमा यस साता दैनिक औषतमा जम्मा ७५ करोडको सेयर काराेबार भएकाे छ । गत साताकाे तुलनामा यस साताकाे औषत काराेबार रकम ७.४७ प्रतिशतले कम भएकाे हाे ।

उपसमूह

काराेबार हुने कुल १३ उपसमूहमध्ये यस साता एक उपसमूहकाे सूचक बढ्दा बाँकी सबै उपसमूहकाे सूचक घटेकाे छ । याे साता निर्जीवन बीमा समूहबाहेक सूचक मात्रै बढेकाे हाे । साताभरमा निर्जीवन बीमा उपसमूहको परिसूचक ०.५७ प्रतिशत अर्थात् ४८.७९ अंकले बढेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै अर्थात् २.७२ प्रतिशतले घटेको छ ।

सर्वाधिक कमाउने

यस साता राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य ६.६१ प्रतिशतले बढेर प्रतिकित्ता १३ हजार एक सय ५२ रूपैयाँ पुगेकाे छ । त्यस पश्चात् क्रमश: लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । 

सर्वाधिक गुमाउने

याे साता हिमालयन उर्जा विकास कम्पनीका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य ८.०३ प्रतिशतले घटेर २ सय ७५ रूपैयाँमा झरेकाे छ । त्यस पश्चात् क्रमश: अप्पर साेलु हाइड्राे, हिमाल दाेलखा हाइड्राेपावर कम्पनी, आँखुखाेला हाइड्राेपावर कम्पनी लिमिटेड र नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । 

बजार पूँजीकरण

यस साता लगानीकर्ताहरूकाे सम्पत्ती अर्थात् नेप्सेको कुल बजार पूँजीकरण १ प्रतिशतले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ५३ करोड रुपैयाँ रहेको बजार पूँजीकरण यस साताकाे अन्तिम दिनसम्म आइपुग्दा २८ अर्ब रूपैयाँले घटेर २७ खर्ब २४ अर्ब रूपैयाँमा सीमित भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको