Like us!
Follow us!
Connect us!
Watch us!

८ कम्पनीकाे साधारण सभा हुँदै, कुनकाे के-के छन् एजेन्डा ?

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १९ : ४४ मा प्रकाशित

८ कम्पनीकाे साधारण सभा हुँदै, कुनकाे के-के छन् एजेन्डा ?

विभिन्न ८ वटा कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेका छन् ।

१. हिमालय उर्जा विकास कम्पनी लिमिटेड

हिमालय उर्जा विकास कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा जेष्ठ ९ गते हुने भएको छ । वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठले यहि जेष्ठ ९ गते अर्पण बैंक्वेट, थापागाउँ, बानेश्वरमा विहान ११ः०० बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।  साधारण सभाबाट कम्पनीले सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नुका साथै पुँजी वृद्धि लगायतका विषय समेटिएको छ । 

२. बेस्ट फाइनान्स कम्पनी लिमिटेड

बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारणसभा यहि वैशाख २९ गते हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको साधारणसभा ११ः०० मा सुरु हुने कम्पनीले जानकारी दिएको छ । यस सभाले वित्तीय हाइलाइटहरू, लेखा परीक्षक नियुक्ति गर्दछन् । 

३. सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा हुने भएको छ । धुलिखेल लज रिसोर्ट प्रा. लि., धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ः०० हुन गइरहेको साभारणसभा यहि बैशाख ३० गते हुने भएको हो । साधारण सभाले सार्वजनिक सेयर होल्डिंग अनुपातमा परिवर्तन गरी १५ प्रतिशत बोनस सेयर सार्वजनिक गर्ने भएको छ ।

४. कामना सेवा विकास बैंक लिमिटेड

कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा हुने भएको छ । यही वैशाख ३१ गते सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौँमा बिहानको ११ः३० मा हुनेछ । साधारण सभामा ४.४१ प्रतिशत बोनस सेयर पारित गर्नेछ । यसका साथै, ०.२३२१ प्रतिशत नगद लाभांश पनि सोही सभाबाट पारित गर्ने कम्पनीले जनाएको छ ।

५. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ९ औं वार्षिक साधारण सभा यही वैशाख २८ गते हुने भएको छ । कम्पनीको साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौमा बिहान ११ बजे हुने भएको हो । आव २०७८/७९ अनुसार कम्पनीले लेखा परीक्षक नियुक्ति गर्ने र  शतप्रतिशत हकप्रद निष्कासन गर्ने छ । यस साधारणसभामा सञ्चालकको निर्वाचन लगायत विषयमा छलफल हुनेछ । 

६. सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा यही जेष्ठ ४ गते होटल ह्यारिसन प्यालेस, विराटनगरमा विहान १० बजे हुने कम्पनीले जनाएको छ। साधारण सभाले २०७८/७९ को वित्तीय विशेषताहरू, लेखा परीक्षक नियुक्ति गर्ने, निर्देशकहरूको निर्वाचन लगायतका विषयमा छलफल हुने कम्पनीले जनाएको छ ।

७. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३५ औं वार्षिक साधारणसभा जेठ २३ गते गर्ने कम्पनीले निर्णय गरेको छ । कम्पनीको प्रधान कार्यालय, लाजिम्पाट, काठमाण्डौमा १०ः३० बजे हुने भएको हो । सभाले ८% बोनस शेयर र ६.५% नगद लाभांश पारित गर्ने छ ।

८. राष्ट्रिय बीमा कम्पनी लिमिटेड

राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं वार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको वैशाख २१ (बिहिबार )गते भएको निर्णय अनुसार जेठ ३१, बुधबारका दिन , अपरान्ह ११ः०० बजे कम्पनीले साधारण सभा बोलाएको हो । 

कम्पनीले राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने । महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको