सिटी होटल लिमिटेडले सर्वसाधारण जनताको बिक्री खुला भएको आईपीओमा बुधबार बिहान १० बजे सम्म ७४ लाख ७४ करोड १३ लाख ४१ हजार रुपैयाँको आवेदन परेको छ । यो माग भन्दा ५.४६ बढिको आवेदन हो।
वैशाख २५ गते देखि खुला भएको आईपीओमा ६,५७,४६१ जनाले १३,५५,९४० कित्ताको लागि आवेदन दिएका हुन् ।
सिटी होटल लिमिटेडले आइपीओमा बैशाख २५ गते (सोमबारदेखि) सर्वसाधारणका लागि आईपीओमा आवेदन खुला गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो ।
उक्त आइपीओ बाँडफाँड गरिसके पछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेका हो । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।
सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँड गरिसकेको छ ।
कुल कित्तामध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्ने प्रावधान रहेको छ ।
सर्वसाधारणले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस