नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोसँग माग गरेकी छिन्।
आज (बुधबार) नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरी साइबर ब्यूरोमा देउवाले निवेदन दिएकी हुन् ।
‘‘विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् । उक्त अडियोबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य ब्यूहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदश पेश गरेको छु ।’ कांग्रेसका केन्द्रीय सदस्य देउवाले नेपाल प्रहरी साइबर ब्यूरोमा पेश गरेको निवेदनमा उल्लेख छ ।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस