Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली शरणार्थी प्रकरण: शेरबहादुर, आरजुदेखि केपी ओलीसम्मलाई पक्राउ गर्न माग गर्दै उजुरी

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १७ : ३० मा प्रकाशित

नक्कली शरणार्थी प्रकरण: शेरबहादुर, आरजुदेखि केपी ओलीसम्मलाई पक्राउ गर्न माग गर्दै उजुरी

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसकी नेतृ आरजु राणालगायतलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरुको संलग्नता रहेको आरोप लगाउँदै आज (बुधबार) युवराज सफलले उजुरी दर्ता गराएका हुन् । तत्कालिन गृह सचिव प्रेम कुमार राई, खोलीको स्वकिय सचिव अजय क्रान्ति शाक्य, राजेश बज्राचार्यसमेतलाई पक्राउ गरि अनुसन्धानको दायरामा ल्याउनुपर्ने समेत गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष सफलले माग गरेको छ । भीभीआईपीलाई अनुसन्धानको दायरामा ल्याउन उच्च स्तरीय छानविन समितिको गठन गर्न समेत माग गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको