Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन थुनामा राख्न अदालतले दियो अनुमति

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, १७ : ३१ मा प्रकाशित

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन थुनामा राख्न अदालतले दियो अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । अदालतले आज (बुधबार) खाँणलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँणलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल फरार छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको