Like us!
Follow us!
Connect us!
Watch us!

पति बालकृष्णलाई भेट्न टेकु हिरासत पुगिन् पत्नी मञ्जु

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, ११ : २१ मा प्रकाशित

पति बालकृष्णलाई भेट्न टेकु हिरासत पुगिन् पत्नी मञ्जु

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पत्नि मञ्जु खाँणले भेटेकी छिन्। मञ्जु आज (सोमबार) बिहान मात्रै पति बालकृष्णलाई भेट्न टेकु हिरासतमा पुगेकी हुन्।

प्रहरीले उक्त प्रकरणमा बालकृष्णलाई पक्राउ गरेपछि केही समय सम्पर्क बाहिर रहेकी मञ्जु जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिन संसद् भवन नयाँ बानेश्वरमा सार्वजनिक भएकी थिइन्।

सांसद्समेत रहेकी मञ्जु उक्त प्रकरणमा आफ्नो नाम मुछिएसँगै पति पक्राउ परेपछि सम्पर्कविहीन बनेकी थिइन्।

बालकृष्ण पक्राउ परेपछि आज पहिलो पटक मञ्जुले भेटेकी हुन्। उनीमाथि पनि उक्त प्रकरणको लाञ्छना लोगेको छ । कतिपयले उनी अष्ट्रेलिया गएको बताएका थिए । तर, सदनमा उनको उपस्थितीले छुट्टै मोड लिएको थियो ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको