Like us!
Follow us!
Connect us!
Watch us!

थप १४ नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र, इगल स्टकले पाएन

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १८ : ५५ मा प्रकाशित

थप १४ नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र, इगल स्टकले पाएन

नियामक निकाय नेपाल धितोपत्र बोर्डले (सेबोन) ले थप १४ वटा नयाँ कम्पनीलाई ब्रोकर व्यवसाय सञ्चालनका लागि आशयपत्र अर्थात् लेटर अफ इन्टेन्ट (एलओआई)  प्रदान गरेको छ । 

सेबोनकाे हिजाे बिहीबार बसेको सञ्चालक समितिको बैठकले थप १४ कम्पनीलाई एलओआई प्रदान गर्ने निर्णय गरेको हो। अब  एलओआई पाउने ब्रोकर कम्पनीको संख्या ४३ पुगेको छ। 

एलओआई प्राप्त गर्ने नयाँ कम्पनीहरु यस प्रकारका छन् :

१. माछापुच्छ्रे सेक्युरिटिज
२. प्रभु स्टक मार्केट
३. पाही इन्भेष्टमेन्ट
४. बेनी सेक्युरिटिज
५. ट्रेडम सेक्यूरिटिज
६. इन्दिरा सेक्युरिटिज
७. हातेमालो फाइनान्सियल सर्भिसेस
८.रोडसो सेक्युरिटिज
९.सजिलो ब्रोकर
१०.एप्पल सेक्यूरिटीज
११.म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट
१२.हिमालयन सेक्युरिटिज
१३. सनी सेक्यूरिटिज
१४. सी.जी. इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिज

यसअघि सेबोनबाट एलओआई पाउनेमा कम्पनीहरु :

  1. सनराइज सेक्युरिटिज 
  2. जेबीएनएल सेक्युरिटिज
  3. सेयरप्रो सेक्युरिटिज
  4. स्टकस्कार्टस् सेक्युरिटिज
  5. प्रोपर्टी विजार्ड
  6. क्यापिटल हब
  7. मिल्की वे सेयर ब्रोकर
  8. ब्लुचिप सेक्युरिटिज
  9. गरिमा सेक्युरिटिज
  10. कलश स्टक मार्केट
  11. मनी वर्ल्ड सेयर एक्सचेन्ज
  12. शुभकामना सेक्युरिटज 
  13. मियो सेक्युरिटिज
  14. नबिल सेक्युरिटिज
  15. मेघा स्टक मार्केट
  16. हिमालयन ब्रोकेज 
  17. सीबीआईएल सेक्युरिटिज
  18. केबीएल सेक्युरिटिज
  19. एनएमबि सेक्युरिटिज
  20. आरबीबी सेक्युरिटिज
  21. सानिमा सेक्युरिटिज
  22. इन्डेक्स सेक्युरिटिज
  23. सन सेक्युरिटिज
  24. क्यापिटल म्याक्स सेक्युरिटिज
  25. भोले गणेश सेक्युरिटिज
  26. इन्फिनिटी सेक्युरिटिज
  27. आकाश भैरव सेक्युरिटिज 
  28. एलिट स्टक हाउस 
  29. एस पि एस ए सेक्युरिटिज

ब्रोकर व्यवसाय सञ्चालनका लागि कुल ४६ वटा कम्पनीले आवेदन परेको थियो । इगल स्टक इक्विटको आवेदन नियम अनुसार नभएकोले एओआई प्रदान गरिएन । यता आवेदन दिएको एनआईसी एशिया सेक्युरिटिज खारेज भएको छ भने सेन्चुरी स्टक ब्रोकरले आवेदन फिर्ता लिएका छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको