Like us!
Follow us!
Connect us!
Watch us!

अवैध काराेबारकाे आराेपमा ज्ञानेन्द्रलाल प्रधान र गुरू न्यौपाने सेबोनको कारबाहीमा

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १२ : ३२ मा प्रकाशित

अवैध काराेबारकाे आराेपमा ज्ञानेन्द्रलाल प्रधान र गुरू न्यौपाने सेबोनको कारबाहीमा

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ज्ञानेन्द्रलाल प्रधान र गुरू न्यौपानेलाई कारबाही गर्ने भएको छ । सेबोनले अवैध सेयर कारोबार गरेको आरोपमा रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डले एक वर्ष अगाडी नै उनीहरुको सेयर कारोबारबारे अध्ययन गरेको थियो । अध्ययनको क्रममा उनीहरुले सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको पुष्टी भएपछि  बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले दुवैलाई कारबाही गर्न सिफारिस गरेको हो ।

धितोपत्र दर्ता निष्कासन नियमावली अनुसार ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था’ छ । 

तर उनीहरूले आफू सञ्चालक समिति अध्यक्ष वा सञ्चालक समिति सदस्य हुँदाहुँदै र पद छाड्नासाथ सेयर कारोबार गरेको भेटिएको बाेर्डले जनाएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि हालै मात्र सम्पूर्ण सूचिकृत कम्पनीको सञ्चालक तथा कार्यकारी प्रमुखको काराेबार रोक्का राख्न निर्देशन दिएकाे छ । नेप्सेले सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई  कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख लगायतको सेयर कारोबार रोक्का राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।  सञ्चालक तथा व्यवस्थापन तहका व्यक्तिहरुले पदमै रहेका बेला आफ्नो नामको सेयर धमाधम बिक्री गरेको पाइएपछि नेप्सेले  कडाई गर्दै यस्ताे निर्देशन दिएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको