Like us!
Follow us!
Connect us!
Watch us!

अब बजार तल आउने ठाउँ छैन, अहिलेको इन्डेक्स ५ हजारमाथि हुनुपर्ने हाे : ज्ञानेन्द्रलाल प्रधान

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १२ : ०० मा प्रकाशित

नेपाली स्टक मार्केट अब तल आउने ठाउँ नरहेको उर्जा उद्यमी एवमं नेपालका पुराना ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । 

अर्थ संसार बहसमा कुराकानी गर्दै उनले भने, छिमेकी मुलुकको इन्डेक्सहरू हेर्दा भारतको ६० हजार नाघिसके । श्रीलङ्कामा यति क्राइसीस छ त्यही पनि बजार स्ट्रङ्ली माथि गइराखेको छ । पाकिस्तानमा अस्ति हेर्दा सानो बुल आयो, इकोनोमी यति डामाडोल छ । हाम्रो एट्टीज् (80s) मा सुरू भएको बजार अहिले २००० भनेको अति नै लो हो । आजको लेभलमा हुनुपर्ने ५ हजारमाथि हो । १५-१६ प्रतिशत रिटर्न नभइकिन स्टक मार्केट चल्दैन । ब्याज मात्रै राखेर जाने हो भने त्यो कभर गर्दा आजको इन्डेक्स हुनुपर्ने ५ हजारमाथि हो । अझ बुल छ भने ६ हजार ७ हजार पुग्नुपर्ने हो । हामी कहाँ छौँ ? २ हजारको हाराहारीमा । स्टकमा अब तल आउने ठाउँ छैन । छैन भन्नाले जीरो होइन । १००-२०० पोइन्ट भनेको स्टकमा तल आउन सक्छ । तर २ सय तल आउँदा तपाईँको माथि हजार २ हजार बढ्न पनि सक्छ । 

अहिले पनि बजार उड्न प्लेनको अवस्था सबै तयार भएको तर एटीसीले सिङ्गनल नदिएको उनी बताउँछन् । बजार एनीटाइम (Anytime) उड्न सक्ने तर छिटो उठ्नेवाला भने नरहेको उनले बताए । एटीसीलाई उनले मार्केटको सेन्टिमेन्टसँग तुलना गरेका छन् । बजार धेरै तल आएका कारण अहिले लगानीकर्ताहरूको सेन्टिमेन्ट बिग्रिएको बताउँछन् उनी ।  अझै पनि बजार बढ्नका लागि पोजेटिभ सेन्टिमेन्ट नभईसकेको उनको तर्क छ । अहिलेको समय भनेको रिस्क कम र गेनको चान्सेस हाई भएको भन्दै उनले अहिले ३ वर्षजतिको प्लान गरेर जो कोहीले लगानी गरेपनि त्यो लगानीकर्ताको रिटर्न ३०-३५ प्रतिशत मिनिमम पर एनुअल लिनलाई केही गाह्रो नरहेको उनले बताए । 

बजार तल आउने कुनै ठाउँ नरहेकोमा ढुक्क छन् उनी । उनले भने, अब बजार तल आउने ठाउँ नै छैन नी । साना लगानीकर्ताले बेचेर बजार तल आउँदैन । ठूला लगानीकर्ताले बेचेर बस्दा बजार तल आउने हो । ठूला लगानीकर्ता अब कोही पनि बैंकको लोनमा धेरै कम छन् । त्यही ४-१२ को नीतिले गर्दा खेरी १२ करोडको लोन लिएको होला २ वटा भए २४ करोडको लोन लिएको होला । २२-२५ करोड लोन लिएर बजार तल आउने सम्भावना चाहीँ पटक्कै छैन । तर के छ भने छिटो माथि बढ्ने सम्भावना पनि किन छैन भने मान्छेको सेन्टिमेन्ट अझै पनि नेगेटिभ छ । 

आफूसँग एक्स्ट्रा पैसा छ भने अब सेयर किन्न सुरू गर्न उनको सुझाव छ । यदि कोही लगानीकर्ताले ॠणको पैसा नलिकन म ३ वर्षजति राख्न सक्छु भन्दै आएर लगानी गरेमा एकदमै राम्रो रिटर्न पाइने उनी बताउँछन् । अहिले एकदमै स्ट्रङ कम्पनीको सेयरमूल्य पनि निकै सस्ता भएका उनले बताए ।  

अहिलेकाे समग्र सेयर बजार, हाइड्राे क्षेत्रकाे पछिल्लाे अवस्था, उर्जा क्षेत्र, बैंकिङ्ग क्षेत्र र तरलता लगायतका विविध विषयमा केन्द्रित रही प्रधानसँग गरिएकाे अर्थ संसारबहसकाे भिडियाे तल प्रस्तुत गरिएकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको