Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले ब्याजदर बढाउदा पुँजी बजारमा कस्तो प्रभाव पर्ला ?

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १४ : ११ मा प्रकाशित

बैंकहरुले ब्याजदर बढाउदा पुँजी बजारमा कस्तो प्रभाव पर्ला ?

विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब ताेडिने भएकाे छ । वाणिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स संघकाे बिहीबार बिहान बसेकाे बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेकाे छ ।

यसै विषयमा राय बुझ्न हामीले नेपालको पूँजी बजारका पुराना तथा ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानसँग कुरा गरेका छाैँ । बैंकर्स संघकाे याे निर्णयले बजारमा नकारात्मक प्रभाव पर्ने उनकाे तर्क छ । 

अर्थ संसारसँग कुरा गर्दै उनले आईएमएफले ब्याजदर सस्तो बनाउँदा अनावश्यक क्षेत्रमा लगानी बढेको र उत्पादनशील क्षेत्र अघि नबढेको भन्दै ब्याज बढाउन दवाव दिएको हुनसक्ने ब्याजदरबारे यो निर्णय हुन सक्ने उनको तर्क छ । राष्ट्र बैंकले केही ठूला बैंकरहरूसँग मिलेर यो सहमति तोडाएको हुनसक्ने उनको अनुमान छ  ।

यो निर्णयले देशको अर्थतन्त्र आईएमएफको नियन्त्रणमा गएको उनी बताउँछन् । यो राम्रो कुरा नभएको उनले बताए । स्वतन्त्र अर्थतन्त्रबाट अब परतन्त्र अर्थतन्त्रमा पुगिएको भन्दै उनले यो निर्णयले भविष्य राम्रो नभएको बताए । 

जति ब्याज बढ्यो पूँजी बजारलाई उती नै नराम्रो हुने उनले बताएका छन् । क्षणिक रूपमा बजारमा प्रभाव परेपनि दीर्घकालिन रूपमा भने खासै असर नगर्ने उनले बताए । अहिले बजार घट्दा पछि बढ्नलाई ठाउँ बन्ने उनले बताए । उनले भने,"लङ टर्ममा बुम हुँदैन तर सकारात्मक प्रभाव भने पर्छ ।"

'अहिले श्रीलंकामा जसरी ब्याजदर वृद्धि हुँदा पनि सेयर बजार सकारात्मक छ त्यसको एउटा मुख्य कारण भनेको ब्याजदरको कारण अन्यक्षेत्र नराम्रो नहुनु पनि हो, ब्याजदर धेरै बढ्दा तुलनात्मक रुपमा अन्य क्षेत्र बढी बिग्रिन्छ अनि अन्य क्षेत्रको पैसा पनि पुँजी बजारमा नै आउन सक्छ, अर्थतन्त्र बिग्रिएको बेला बजार बुम- बुम भने हुन्न तर यस्तो बेला तुलनात्मक रुपमा फण्डामेन्टल कम्पनी बढी चल्छन् ' उनले भने ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको