Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर सूचीकृत

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १६ : ३० मा प्रकाशित

नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर सूचीकृत

नेपाल स्टक एक्सचेच्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको छ । कम्पनीको सेयर ‘सलिको’ सिम्बोलबाट सूचीकृत भएको हो ।

साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने–गाभिने वा मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ६२ लाख २६ हजार ३८१ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको