Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सोमबारदेखि लागू

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, ११ : १० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सोमबारदेखि लागू

ग्लोबल आइएमई बैंक लिमिटेडले आज (सोमबार)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार बैंकले सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता बैंकले मुद्दती निक्षेप अन्तर्गत बैंकले संस्थागतको लागि ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको