Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार सुरु

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, ११ : ४८ मा प्रकाशित

दोस्रो बजारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार सुरु

नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको मर्जरपछि बनेको ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ को नाममा २ करोड ६२ लाख २६ हजार २८१।९६ कित्ता सेयर हिजो (आइतबार) सूचीकरण भएको थियो ।

आज (सोमबार)देखि यसको सेयर कारोबार खुला भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ भाउ तोकेको थियो । सोही मूल्यलाई आधार मानेर पहिलो कारोबार भएको हो ।

‘एसएएलआइसीओ’ संकेतमा कारोबार सुरु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको