Like us!
Follow us!
Connect us!
Watch us!

पुराना ब्रोकरसँग रिसायो धितोपत्र बोर्ड: पुरानाले कुण्ठित मनसायबाट प्रेरित अभिव्यति दिए

अर्थ संसार

मंगलबार, ०२ जेठ २०८०, ०७ : १९ मा प्रकाशित

पुराना ब्रोकरसँग रिसायो धितोपत्र बोर्ड: पुरानाले कुण्ठित मनसायबाट प्रेरित अभिव्यति दिए

नेपाल धितोपत्र बोर्ड पुराना ब्रोकरको पछिल्लो गतिविधि प्रति असन्तुष्ट रहेको जनाउ दिएको छ।  पुराना र ब्रोकरहरूको सङ्गठन स्टक ब्रोकर एसोसिएसनलाई लक्षित बोर्डले गरेर एक विज्ञप्ति नै जारी गर्यो। विज्ञप्तिमा सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित पुरानो ब्रोकरहरु रहेको आरोप बोर्डले लगाएको छ भने पुरानाको यी विरोधलाई बोर्डले आधारहीन र कपोकल्पित भन्दै गम्भिर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ।  "बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यवसायीक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रीत स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा वाधा पुऱ्याउन भएको प्रयास प्रति बोर्ड खेद व्यक्त गर्दछ । साथै, लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि बोर्डले आगामी दिनहरुमा समेत खुला प्रगतिशिल नीतिहरु तर्जुमा गरी कार्यान्वयन गर्दे जाने प्रतिवद्धता व्यक्त गर्दछ ।" विज्ञप्तिमा उल्लेख छ। 
 

शुकबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ब्रोकर्स एशाेसिएसनले स्टक एक्सचेञ्जको लाईसेन्स रोके जस्तै दलाल व्यवसायीको लाईसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानविन गरी कारबाही गर्न समेत अनुराेध गरेकाे थियो ।सरकारको निर्णयले भ्रष्टाचारीको मुटुमा ढ्याङ्ग्रो बज्यो, ब्रोकर लाईसेन्सको प्रक्रिया पनि रोकियोस् भनि जनाएको थियो। 

तेसको जवाफमा पुराना ब्रोकरविरुद्ध नयाँ ब्रोकरले छुट्टै संगठन खोले र आर्थिक चलखेलको प्रमाण पेश गर्न पुरानालाई नयाँ ब्रोकरले  चुनौती नै दिए। एलओआई पाएका नयाँ ब्रोकरहरुले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी गर्दै त्यस्तो कामको बिरोध नगर्न पुराना ब्रोकर कम्पनीहरुलाई चेतावनी पनि दिएका थिए ।

 

 

 

6462e2ebbbc89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको