Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको निर्णयले भ्रष्टाचारीको मुटुमा ढ्याङ्ग्रो बज्यो, ब्रोकर लाईसेन्सको प्रक्रिया पनि रोकियोस्

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १९ : २५ मा प्रकाशित

सरकारको निर्णयले भ्रष्टाचारीको मुटुमा ढ्याङ्ग्रो बज्यो, ब्रोकर लाईसेन्सको प्रक्रिया पनि रोकियोस्

स्टक ब्रोकर्स एशाेसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्डबाट बितरण गर्न लागिएको स्टक एक्सचेञ्जको लाईसेन्स तत्काल रोक्न नेपाल सरकारले गरेको निर्णयको खुलेर प्रशंसा गरेकाे छ ।

सरकारकाे यस कदमले तरल राजनैतिक अवस्थामा आर्थिक चलखेल र अनियमितता गरी लाभ लिन खोज्ने एक खालका साहुजीहरुको प्रयासमा ढुङ्गा लाग्न पुगेको  र भ्रष्टाचारीहरुको मुटुमा ढ्याङग्रो बज्न सुरु गरेको ब्रोकर्स एशाेसिएसनले जनाएकाे छ ।

आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ब्रोकर्स एशाेसिएसनले स्टक एक्सचेञ्जको लाईसेन्स रोके जस्तै दलाल व्यवसायीको लाईसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानविन गरी कारबाही गर्न समेत अनुराेध गरेकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, "धितोपत्र बोर्डले नयाँ नेतृत्व पाए देखि नै सीमित साहुजीहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी अध्ययन विना र औचित्य विना नै विद्यमान ऐन नियममा पटक पटक संशोधन गरी स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीको लाईसेन्स बितरण प्रक्रिया अगाडी बढाई सकेको थियो । नेपाल सरकारलाई यसै विज्ञप्ती मार्फत् स्टक एक्सचेञ्जको लाईसेन्स रोके जस्तै दलाल व्यवसायीको लाईसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानविन गरी कारबाही गर्न अनुरोध गर्दछौं ।"

सम्मानित संसद, अर्थ समितिको सार्क क्षेत्रको अध्ययनसहितको बारम्बारको निर्देशन, सम्बन्धित सरोकारवालाहरुको सुझाव, बजारको आवश्यकता, अन्तर्राष्ट्रिय प्रचलन, पूँजीबजारको आधारभुत सिद्धान्त सबैलाई तिलान्जली दिदैं साहुजीहरुको प्रभावमा परी कोठे बैठकबाट नियमावली ड्राफ्ट गरी मन्त्रीपरिषद्बाट ३ दिन भित्रैमा पटक पटक नियमावली संशोधन गराउन सफल भैसकेको अवस्थाले समेत आर्थिक लेनदेन भैसकेको अनुमान लगाउन सकिने स्टक ब्रोकर्स एशाेसिएसनकाे भनाई छ । 

नेपालको पूँजीबजार आर्थिक बेथितिको पहाड बनेको भन्दै खर्बाैँकाे लगानी जाेखिममा रहेकाे एसोसिएसन बताउँछ । "विद्यमान कानूनमा रहेको जालसाझीयुक्त कारोबार तथा भित्री कारोबारहरुको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नबनाई संस्थागत सुशासनमा नै प्रश्नचिन्ह लागेका कम्पनीहरु तथा निजका सञ्चालक, संस्थापकबाट खुल्लमखुल्ला नियमकिय कमजोरीको फाईदा उठाई सर्वसाधारण लगानीकर्ताहरुको दोश्रोबजारमार्फत् गरिएको खर्बाैँको लगानी जोखिममा छ । अनावश्यक बिषयवस्तुको उठान गरी राजनैतिक नेतृत्वलाई प्रभावमा पारी बितरण गर्न लागिएको दलाल व्यवसायीको लाईसेन्सले भविष्यमा पूँजी बजारमा ठूलो दुर्घटना हुने निश्चित छ ।", विज्ञप्तिमा उल्लेख छ । 

स्टक ब्रोकर्स एशाेसिएसनकाे १४ वटा बुँदासहित सार्वजनिक गरेकाे ४ पानाकाे विज्ञप्ति यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको