Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसियामा कर्मचारीको विद्रोह : मादकपदार्थ सेवन गरेर मानसिक दवाब दिएको भन्दै सहायक सिइओको राजिनामा माग

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १९ : १५ मा प्रकाशित

एनआईसी एसियामा कर्मचारीको विद्रोह : मादकपदार्थ सेवन गरेर मानसिक दवाब दिएको भन्दै सहायक सिइओको राजिनामा माग

"एन आई सी एशिया,बैंक पनि, साथी पनि राम्रो पनि, हाम्रो पनि" भन्दै सामाजिक संजालमा आफुलाई प्रवर्द्धन गर्ने बैंक एनआईसी एसिया बैंकको भनाई र गराई भने फरक छ। कहिले ऋणीको घरमा सुरक्षा गार्ड राख्ने त कहिले स्वीफ्ट काण्ड त कहिले नक्कली धितो काण्ड, बेला बेलामा बैंक विभिन्न बहानामा बैंक बदन्नाम हुने गरेकै छ। 

सेवा ग्राहीलाई सन्तुष्ट बनाउने कुरामा आलोचना पाउने बैंक अहिले भने आफ्नै कर्मचारीहरु समेत बैंकको व्यवस्थापन विरूद आन्दोलन होमिएका छन्। बैंकका कर्मचारीले आफुहरुको मनोबल कमजोर बनाउने काम बैंकले गरेको भन्दै बैंकलाई आरोप लगाउने गरेका छन्।  बैंकको लुम्बिनी प्रदेशको कर्मचारी संघर्ष समितिले त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई  विज्ञप्ति  नै जारी नै गर्दै  बैंक प्रति समर्पित कर्मठ कर्मचारीलाई “चाहिदाको भाडो नचाइदाको ठाँडो” बनाएको आरोप लगाएका छन् ।

उनीहरुले कर्मचारी कटौति रणनितीको नाइके नाम नै किटानी गरेर राजिनामा माग गरिएको बुझिएको छ । साथै केहि महिना अगाडी  ड्रीम ल्याण्ड रिसोर्टको एक कार्यक्रममा  सिइओको कार्यक्रम सकिए लगत्तै बैंङ्गका एक सहायक सिइओले अत्याधिक मादकपदार्थ सेवन गर्दै  रातको १२ पछि सम्म पनि बैठक भनि कर्मचारीहरु प्रति आक्रमक रुपमा पेस भई चरम मानसिक दवाब दिएको भन्दै प्रदेशको जिम्मेवारीबाट हटाउन समेत समितिले माग गरेको बुझिएको छ। 

बैंकको व्यस्थापन भने भित्र सल्लाह मै यो काण्ड राफा गर्ने कोसिसमा रहेको भएपनि कमर्चारी भने कि वार कि पारको लडाई हो भन्दै कानुनी लडाई समेत लड्ने तयारीमा रहेको स्रोतको भनाई छ। 

बैंकले कर्मचारीलाई पदोन्नती हुने समयमा विभिन्न बहानामा टर्मिनेशनको डर, धाक धम्की देखाई जबरजस्ती प्रधान कार्यालय बोलाई राजीनामा दिन बाध्य गर्ने आरोप बैंकको कर्मचारी संघर्ष समतिले लगाएको छ । साथै, देशै भरी जबरजस्ती राजीनामा दिन बाध्य पारिएका कर्मचारीको तत्काल पुर्नवहाली गर्नुपर्ने समेत उनीहरुको माग छ ।  

समितिले उच्च तहका कर्मचारीको नियमित वढुवा गर्ने तर तल्लो तहको कर्मचारीहरुको समयमा हुनुपर्ने पदोन्नती रोकेको प्रति समेत घोर आपत्ति जनाएका छन् । साथै तत्काल ३ बर्ष एकै पदमा कार्य गरेका कर्मचारीको तत्काल पदोन्नती गर्नुपर्ने उनीहरुको माग छ। साथै, कर्मचारी सरुवा सम्बन्धमा संस्थाको नियमसंगत व्यबस्था गर्न समितिले माग गरेको छ । विभिन्न ‘डीस्काउन्ट’ का नाममा विभिन्न खातामा आएका करौडौ रकम चेक मार्फत कर्मचारीलाई झिक्न लगाइएकोमा समेत समितिको ध्यानाकर्षण भएको छ । उक्त विषयको छानविन तत्कालै गर्न समितिले जोडदार माग गरेको छ।

बैंकको उच्च व्यस्थापनको जहिले पनि हाली मुहाली र तल्लो वर्गका कर्मचारी भने जहिले हेपाई र पेलानको कारण पनि अहिले बैंकको सबै प्रदेशका कमचारी व्यवस्थापन विरुद्ध एक भएर अगाडी बढ्ने संकल्पमा हिडेको स्रोतले अर्थसंसारलाई जानकारी गराए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको