Like us!
Follow us!
Connect us!
Watch us!

सिटि होटलको आइपीओ बाँडफाँडको मिति तय

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १७ : २४ मा प्रकाशित

सिटि होटलको आइपीओ बाँडफाँडको मिति तय

सिटि होटल लिमिटेडको आइपीओ आउँदो शुक्रबार (जेठ ५ गते) बाँडफाँड हुने भएको छ । जेठ ५ गते बिहान ९ः३० बजे कार्यालयमा बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ संकलन भएको हो । ११ लाख ६१ हजार २८० आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जुन माग भन्दा ९.४३ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँ हुनेछ । जसमा १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत ९१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो । बाँकी ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर बिक्री गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको