Like us!
Follow us!
Connect us!
Watch us!

खातावालाहरुका लागि ग्लोबल आइएमई बैंकद्वारा सूचना जारी

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १३ : ३४ मा प्रकाशित

खातावालाहरुका लागि ग्लोबल आइएमई बैंकद्वारा सूचना जारी

ग्लोबल आइएमई बैंकले एक भन्दा बढी डेबिट–क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई एक सूचना जारी गरेको छ । उक्त प्रकृतिका खातावालाहरुले अब एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएको बैंकले सूचनामार्फत जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्रा.निर्देशन नं. (२१.०७९) बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रां बैंकले तोके बाहेक) खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । सो अनुसार बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन आग्रह गरेको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले जेष्ठ १५ भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । उक्त समयपश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

यसका साथै, १० बर्षदेखि शुन्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत आफैले बन्द गर्न सक्ने भएको हुँदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको बिवरण अद्यावधिक गरी खाता सञ्चालन गर्ने सक्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको