Like us!
Follow us!
Connect us!
Watch us!

जेठ २२ गतेदेखि हिमाल दोलखा हाइड्रोपावरको हकप्रदमा आवेदन दिन सकिने

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, ०७ : ५६ मा प्रकाशित

जेठ २२ गतेदेखि हिमाल दोलखा हाइड्रोपावरको हकप्रदमा आवेदन दिन सकिने

हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने मिति तय गरेको छ।  कम्पनीले जेठ २२ गतेदेखि हकप्रद जारी गर्ने लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।अर्थात  १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । अर्थात, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । 

कहिलेसम्म दिने आवेदन ?

जेठ २२ गते देखि असार १० गतेसम्म आवेदन दिन सक्नेछ। 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?
 हकप्रदमा लक्ष्मी  क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 रेटिङ
 यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको