Like us!
Follow us!
Connect us!
Watch us!

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री?

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १६ : १२ मा प्रकाशित

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री?

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन् । 

मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन् । 

उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात र रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री नियुक्त भएका हुन्। 

यसअघि २०७९ साल पुस २५ मा नेकपा ९माओवादी केन्द्र० बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र  नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए । तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो । 

मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको