Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : रावा इनर्जिको आईपीओ जेठ १८ गतेदेखि

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, ०७ : १५ मा प्रकाशित

लगानीको अवसर : रावा इनर्जिको आईपीओ जेठ १८ गतेदेखि

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि जेठ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये ८७ लाख ६७० कित्ता सेयर बाँडफाँट र बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता सेयर थप गरि सर्वसाधारणलाई  कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्काशनमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल मध्ये १५ हजार ४७ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ३७ लाख ६१६ कित्ता  सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। त्यसपछिको बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरका लागि आईपीओ खुला भएको हो। 

कति दिने आवेदन ?

न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 

कहिलेसम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा जेठ २२ गते हुनेछ भने सो समयमा लाग अनुसार आवेदन नपरेमा ढिलोमा जेठ ३२ गते हुनेछ। 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत \

कम्पनीको ३ मेगावाटको परियोजना माथिल्लो रावा खोला जलविद्युत आयोजना संचालनमा छ।  यस परियोजनाको कुल अनुमानित लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.८९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २४.५५ वर्ष रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको