Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीबजारको विकासका लागि ठोस निर्णय लिन ढिला गर्न नहुने सांसद गिरीको भनाई

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १५ : ०३ मा प्रकाशित

पुँजीबजारको विकासका लागि ठोस निर्णय लिन ढिला गर्न नहुने सांसद गिरीको भनाई

सांसद दीपक गिरीले पुँजीबजारको विकासका लागि ठोस र रणनीतिक निर्णय लिन ढिला गर्न नहुने बताएका छन्। आज (मंगलबार) संसद सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद गिरीले यस्तो बताएका हुन् ।

संसद्मा बोल्दै उनले भने, ‘पुँजीबजारको विकासका लागि ठोस र रणनीतिक निर्णय लिन ढिला गर्न नहुने बताए। पुँजी निर्माणमा पुँजीबजारको भूमिका भूल्न हुँदैन ।’

‘बजारमा लगानीयोग्य रकम छैन। त्यो रकम खोजेर सरकारले पठाउन ढिला भयो’, गिरीले भने, ‘तत्काल बैंकिङ च्यानलमा पैसा पठाऔँ। त्यसका लागि सरकारले ठोस योजना बनाउनुपर्छ।’

अहिलेको मुख्य समस्या धेरैले ब्याजदर भनिरहेका उल्लेख गर्दै गिरीले भने, ‘मलाई त्यस्तो लाग्दैन, ब्याजदर विगतमा पनि २० प्रतिशतसम्म पुगेको थियो। तर बजारमा शून्यता थिएन। अहिलेको सबैभन्दा ठूलो समस्या आमनागरिकले गुमाएको ‘कन्फिडेन्ट’ हो। पैसा कमाएर खर्च गर्दा फरक पर्दैन भन्ने कन्फिडेन्ट नागरिकमा फर्काउन सक्नुपर्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको