राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएपछि अस्पताल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। गम्भीर जलनका कारण भेन्टिलेटरमा उपचार गराइरहेका नेपालीको शुक्रबार बिहान मृत्यु भएको हो।
वीर अस्पताल परिसरमा गणेशका आफन्त लगायत सर्वसाधारणहरू भेला हुन थालेका हुन् । वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई पनि तैनाथ गरिएको छ । मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस