Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज म्युचुअल फन्डका तीनै योजनाको न्याभ घट्यो

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १६ : ४२ मा प्रकाशित

सनराइज म्युचुअल फन्डका तीनै योजनाको न्याभ घट्यो

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । सनराइज ब्लूचिप फण्ड, सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । यी तीन वटै फण्डको न्याभ चैत महीनाको तुलनामा बैशाख महीनामा घटेको हो । 

सनराइज ब्लूचिप फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ १७ पैसा रहेकोमा बैशाख मसान्तमा ८ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यस्तै सनराइज फोकस्ड इक्विटी फण्डको न्याभ बैशाख मसान्तसम्म ९ रुपैयाँ ८८ पैसा रहेको छ भने यस फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ ९७ पैसा थियो । 

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ चैत मसान्तमा १२ रुपैयाँ ४ पैसा रहेकोमा बैशाख मसान्तमा ११ रुपैयाँ ७७ पैसामा झरेको छ । चैत मसान्तसम्म फण्डले रू. ३ करोड ९७ लाख नाफा कमाएकोमा वैशाख मसान्तसम्म रू. १ करोड ६२ लाखमा झरेको हो । बैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ५ करोड ४१ लाख भएकोमा वैशाख मसान्तमा रू. ३ करोड २३ लाखमा झरेको छ । 

सनराइज फोकस्ड इक्विटी फण्ड भने वैशाख मसान्तसम्म रू. १ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तमा पनि फण्ड रू। २५ लाख ५६ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । बैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएका कारण जम्मा आम्दानी रू. १७ लाख २२ हजार ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । उक्त अवधिमा फण्डले सूचीकृत धितोपत्रमा रू. १७ करोड ८९ लाख लगानी गरेको छ । 

सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्म सूचीकृत सेयरमा रू. ७० करोड ८८ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ६९ करोड ६५ लाख थियो । यस आधारमा फण्डले सूचीकृत सेयरमा लगानी बढाएको छ । बैशाख मसान्तसम्म फण्डले रू. १ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्म रू. ४ करोड २८ लाख थियो । बैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको छ ।-Symbolic Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको