Like us!
Follow us!
Connect us!
Watch us!

समिट लघुवित्तले डाक्यो स्थगित साधारण सभा, मुख्य एजेण्डा एफपीओ निष्कासन र लाभांश वितरण

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १४ : ०४ मा प्रकाशित

समिट लघुवित्तले डाक्यो स्थगित साधारण सभा, मुख्य एजेण्डा एफपीओ निष्कासन र लाभांश वितरण

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३० गतेका लागि स्थगित गरेको १४औं वार्षिक साधारण सभा असार ३ गतेका लागि डाकेको छ । असार ३ गते बस्ने सभा अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा  बिहान १०ः३० बजे बस्ने गरी आह्वान गरिएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १३.५६ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, बोनस सेयरपछि कायम हुने सेयरपूँजीको संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २२ गतेदेखि बुक क्लोज गर्ने भएको हुँदा जेठ २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको