Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

अर्थ संसार

आइतबार, ०३ असार २०८०, १० : २१ मा प्रकाशित

समीट लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज (आइतबार) बस्दैछ । जेठ १३ गतेको सञ्चालक समितिको बैठकले सभा अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा १०ः३० बजे बस्ने गरि निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०७८–७९ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । 

साथै, सभाले लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने भएको छ । कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले यस वर्ष रू ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू ४९ करोड ४० लाख रहेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ दशमलव २९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यस वर्षको बोनस सेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको सो कम्पनीले मर्जरपछि कायम हुने सेयर स्वामित्वमा सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको