Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १२ : १९ मा प्रकाशित

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

आज (मंगलबार) नेपाली बजारमा सनुको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको