Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार रेकर्ड ब्रेक गरेको सुनचाँदीको मूल्यमा आज गिरावट, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, ११ : २२ मा प्रकाशित

बिहिबार रेकर्ड ब्रेक गरेको सुनचाँदीको मूल्यमा आज गिरावट, कतिमा हुँदैछ कारोबार?

आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा खरिदबिक्रि भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको