Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, ११ : २५ मा प्रकाशित

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो (मंगलबार) चाँदीको मूल्य तोलामा १ हजार ४५० रुपैयाँ कायम भएको थियो ।-File Photo  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको