Like us!
Follow us!
Connect us!
Watch us!

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

अर्थ संसार

बुधबार, ०६ असार २०८०, ११ : ४१ मा प्रकाशित

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन मंगलवार छापावालाको सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको