Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा पुनः रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, ११ : २९ मा प्रकाशित

सुनको मूल्यमा पुनः रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार?

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

गएको जेठ १९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढिरहेकाले नेपालमा पनि मूल्य बढेको बताइएको छ । भाउ अझै बढ्ने सम्भावना छ ।

यस्तै, चाँदी आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको मूल्य तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको