Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १० : ४७ मा प्रकाशित

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैशाख १९ गतेदेखि प्रिमियममा निष्कासन तथा बिक्री खुला गरेको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात् ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

उक्त सेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक, एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको