Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको निर्णय– घोराही सिमेन्टको आईपीओ प्रक्रिया अगाडि बढाउनु

अर्थ संसार

बुधबार, २० असार २०८०, १७ : १८ मा प्रकाशित

सेबोनको निर्णय– घोराही सिमेन्टको आईपीओ प्रक्रिया अगाडि बढाउनु

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्टको आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सेबोनले आज (बुधबार) एक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो।  

फर्जी आवेदन परेसँगै सो कम्पनीको आईपीओ स्थगन गरेर गठित जाँचबुझ समितिको प्रतिवेदनका आधारमा ४ बुँदे निर्णय गर्दै सेबोनले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।

बोर्डले छानविनका क्रममा संलग्नता नभएको पाइएको भन्दै कम्पनीलाई सफाइ दिएको छ । बोर्डले आवेदन खुला गर्नुका साथै सिआस्वा प्रणालीबाट आवेदन दिने आवेदकलाई पुन लगानी थप घट गर्ने सुविधा दिने भएको छ । यसका लागि लगानीकर्ताले तीन दिनको समय पाउने छन् ।

यदि कम्पनीले आह्वान गरेको सेयरका लागि पर्याप्त आवेदन नपरेमा १५ दिन समय थप गर्न पाउने कानुनी व्यवस्था रहेको छ । कम्पनीले जेठ ३२ गतेदेखि असार ४ गतेसम्म ५ दिन बिक्री खुला गरिसकेको र लगानीकर्तालाई लगानी थप घट गर्न तीन दिनको समय दिने भएकाले अव कम्पनीले बढिमा ७ दिन मात्रै खुला गर्न पाउने छ । लगानीकर्ताले अवको तीन दिनसम्म बिक्री खुला गर्दा माग भन्दा बढि आवेदन पर्यो भने बिक्री बन्द गर्न सक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको