Like us!
Follow us!
Connect us!
Watch us!

सेयर खरिदमा उत्साहपूर्ण सहभागिताप्रति घोराही सिमेन्टद्वारा आभार व्यक्त, ७९ लाख ४३ हजार कित्ता सेयर जारी गर्ने

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १६ : २५ मा प्रकाशित

सेयर खरिदमा उत्साहपूर्ण सहभागिताप्रति घोराही सिमेन्टद्वारा आभार व्यक्त, ७९ लाख ४३ हजार कित्ता सेयर जारी गर्ने

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर जारी गर्ने भएको छ । वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको सेयर खरिदमा उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले सेयर जारी गर्ने जानकारी दिएको हो । 

कम्पनीले गत वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री खुला गरेको थियो । कम्पनीले जारी गर्ने सेयर मध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि रहेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ । शेयर खरिदका लागि वैदेशिक शेयर खरिदकर्ताले देखाएको उत्साहले थप हौसला बढाएको कम्पनीले जनाएको छ ।

उद्योगले अहिले क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको छ । कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने सेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिताका लागि कम्पनीले आग्रह गरेको छ ।

 ‘यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास गर्दै पुनः समग्र सेयर खरिदकर्ताहरू प्रति आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छौं’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको