घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुष २७ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीका अनुसार सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
जस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस