Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टमा परेको फर्जी आवेदनबारे थप छानबिन गर्न सेबोनले प्रहरीसमक्ष सिफारिस गर्ने

अर्थ संसार

बुधबार, २० असार २०८०, १७ : ३१ मा प्रकाशित

घोराही सिमेन्टमा परेको फर्जी आवेदनबारे थप छानबिन गर्न सेबोनले प्रहरीसमक्ष सिफारिस गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्टमा परेको फर्जी आवेदनका सम्बन्धमा थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने भएको छ। आज (बुधबार) बोर्डले घोराही सिमेन्टको आइपीओ प्रक्रिया अगाडी बढाउन जारी गरेको विज्ञप्तिमा फर्जी आवेदनका सम्बन्धमा थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने समेत उल्लेख गरिएको छ । 

बोर्डले केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रुपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोले थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने जारी विज्ञप्तिमार्फत बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको