राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादमा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) बिहान राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।
प्रमाणीकरणको विरोधमा नेकपा (एमाले)निकट संगठन अनेरास्वयुले राष्ट्रपति निवास शीतल निवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपति पौडेलविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
अखिलका सचिव संजिव धितालको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीको लाठीचार्जमा तीन जना घाइते भएको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस