रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आईपीओ आज (जेठ १८ गते) देखि निष्काशन तथा बिक्री खुला भएको छ ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्ताको कुल आईपीओ जारी गरेको हो।
जस मध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई र २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु मध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी सर्वसाधारणलाई निष्काशन गर्ने सेयरमा थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्काशनमा ल्याउन लागेको हो। ्
जस रमध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुटाएको छ । जसबाट बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरका लागि आवेदन खुला भएको हो।
कति दिने आवेदन ?
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले छिटोमा जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन र उक्त अवधि सम्ममा पूर्ण आवेदन नपरेमा जेठ ३२ गतेसम्म लम्बिनेछ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
को हो बिक्री प्रबन्धक ?
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड लिमिटेड रहेको छ।
रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
प्रोजेक्ट र लागत
३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ।
प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ।
कम्पनीले २०७७ असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस