Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलले एकैसाथ डाक्यो विशेष साधारण सभा

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १० : ४२ मा प्रकाशित

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलले एकैसाथ डाक्यो विशेष साधारण सभा

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बिओके क्यापिटल लिमिटेडले एकैसाथ विशेष साधारण सभा डाकेका छन् । यी दुई क्यापिटल एक आपसमा गाभ्ने गाभिने समबन्धका लागि आउँदो असार ३ गते विशेष साधारण सभा आह्वान गरेका हुन् ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज भएपछि यी बैंकका सहायक कम्पनीको रुपमा रहेका यी दुई क्यापिटल पनि मर्ज हुन लागेका हुन् ।

दुबै कम्पनीको साधारण सभामा गाभ्ने गाभिने सम्बन्धी सञ्चालक समितिको निर्णय र यसको लागि हालसम्म गरेका कार्यको अनुमोदन गर्ने, स्वाप रेसियो पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछन् ।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटललाई १००ः५३.१७ को स्वापमा रेसियोमा गाभ्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको