Like us!
Follow us!
Connect us!
Watch us!

लङ टर्मका लागि क्यापिटल गेन ट्याक्स जिरो हुनुपर्छ, कारोबार बन्द गर्नैपर्छ : अग्रवाल

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, ११ : ४२ मा प्रकाशित

लङ टर्मका लागि क्यापिटल गेन ट्याक्स जिरो हुनुपर्छ, कारोबार बन्द गर्नैपर्छ : अग्रवाल

लङ टर्मका लागि क्यापिटल गेन ट्याक्स जिरो हुनुपर्ने लगानीकर्ता दिपेन्द्र अग्रवालले बताएका छन् । आज अग्रवाल भवन, कमलपोखरीमा भईरहेको विरोध कार्यक्रममा उपस्थिती जनाउँदै उनले यस्तो बताएका हुन् । 

साढे सात प्रतिशत पनि धेरै भएको र लङ टर्मका लागि क्यापिटल गेन ट्याक्स जिरो हुनुपर्नेमा उनले जोड दिए । अब जिरोका लागि लडाई गर्नुपर्ने उनले बताए । दुनियाभरी यस्तो ट्याक्स जिरो नै हुने गरेको पनि उनले जानकारी गराए । भोलिका दिनमा कोही पनि लगानीकर्ताहरूले नेपालको बजारमा लगानी गर्दैनन् भन्दै उनले भने, 'नेपाल भनेको राम्रो राष्ट्र हो तर यहाँका नागरिक यहाँका नेता सबै चोर भईसके । अबदेखि पुराना नेता माओवादी, एमाले कसैलाई भोट दिए त्यो लगानीकर्ताको औँला काट्नु पर्ला ।'

अहिलेकाे अवस्थामा कारोबार बन्द गर्नुपर्नेमा उनको जोड छ । कारोबार गरेर मात्रै यसको निराकर निस्कने उनले बताए । लगानीकर्ताहरूले आफ्नो सम्पत्ती आफैँ बचाउनु पर्ने उनले बताए । ठूलाहरू जसरी पनि उम्कने र सानाहरू फस्ने भन्दै उनले सबैलाई सचेत गराए ।

अर्थमन्त्रीले तुरून्तै मिडियामा आएर पटके झटके केही होइन सबै कर एउटै हो भनेर यस विषयमा बोल्नुपर्ने र उनले बताए । 

राज्यले छल गरेर लगानीकर्ताहरूलाई बारम्बार आन्दोलन गर्न मजबुर पार्ने गरेको उनको आरोप छ । विरोधका कार्यक्रममा झोले सङगठनहरू गायब भएका भन्दै उनले आक्रोस पोखे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको