Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स र आदर्श लघुवित्तको मर्जरलाई कम्पनी रजिष्टार्ड कार्यालयले दियो अन्तिम स्वीकृति

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १३ : ३२ मा प्रकाशित

डिप्रोक्स र आदर्श लघुवित्तको मर्जरलाई कम्पनी रजिष्टार्ड कार्यालयले दियो अन्तिम स्वीकृति

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई कम्पनी रजिष्टार्डको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले यी दुई संस्थाको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरी सकेपछि कम्पनी रजिष्टार्डको कार्यालयले पनि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

डिप्रोक्स र आदर्श लघुवित्तले आ–आफ्नै साधारण सभाबाट मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरी मर्जर प्रक्रिया अघि बढेको हो ।  अन्तिम स्वीकृतिपश्चात् यी दुई लघुवित्तले अषाढ १ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्ने कम्पनीले जनाएको छ ।

चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टार्ड कार्यालय भएको डिप्रोक्स लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टार्ड कार्यालय रहेको आदर्श लघुवित्तबीच गत चैत १३ गते प्रारम्भिक सम्झौता भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको